राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीको बलरामा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको आफ्नो १७५ औं शाखा कार्यालय सर्लाही जिल्लाको बलरा नगरपालिकामा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच गरेका हुन् ।

सो समारोहमा प्रमुख अतिथि सांसद अमरेश कुमार सिंहले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए ।

सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले शहरी, ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रावावैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुँच विस्तार गरिने बताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस