पिउन पदका लागि पिएचडी गरेका ३७ सय जनाले दिए आवेदन

एजेन्सी । जागिरको खोजीमा लाग्नेहरुकाे लाइन नेपालमा पनि सानो छैन । बेरोजगार रहनु भन्दा आफ्नो योग्यता भन्दा निकै कम योग्यता भए पुग्ने पदका लागि पनि फारम भर्ने यहाँ पनि छन् । यस्तै घटना भएकाे छ भारतमा । भारत उत्तर प्रदेशमा पछिल्लो समय पिएचडी अर्थात विद्यावारिधी गरेकाहरुले पनि पिउन पदका लागि आवेदन दिएको खुलेको छ । कक्षा पाँच पास गरेको शैक्षिक योग्यता भए पुग्ने पदका लागि पिएचडी तथा स्नातकोत्तर गरेकाहरुले पनि आवेदन दिएको खुलेको हो ।

उत्तर प्रदेशमा प्रहरीको म्यासेन्जर पदका लागि ६२ जनाको आवेदन खुलेको थियो । त्यसका लागि ९३ हजार भन्दा बढीले आवेदन दिएका छन् भने यसरी आवेदन दिनेमा पिएचडी गरेका ३ हजार ७०० जना रहेका छन् । उता स्नातकोत्तर गरेका २८ हजार तथा स्नातक गरेका ५० हजार जनाले आवेदन दिएका छन् । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता पाँच कक्षा पास गरेको हुनुपर्ने  हुन्छ । यसमा छानिएको व्यक्तिले प्रहरीको टेलिकम विभागको सन्देश एक कार्यालयबाट अर्को कार्यालयमा लैजानुपर्छ । यो पदको आधारभूत लतब महिनाको २० हजार भारु रहेको छ ।

यो घटनाले भारतमा रहेको बेरोजगारीको भयावह अवस्थालाई दर्शाउँछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस