फाइल फाेटाे

दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै

काठमाडाैँ । राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् ।

विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् ।

हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकिएको मितिमा फोटो खिच्ने र डिजिटल हस्ताक्षर गराउने कार्य (लाइभ इनरोलमेन्ट) गरिन्छ । -गोरखापत्र दैनिक

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविले भने- ‘सटर बन्द गर्न परे गर्छु तर, कुनै लुटेराको पैसाले पार्टी चलाउने छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका …

प्रतिकृया दिनुहॊस