मुक्तिनाथ देवघाट (News)
फाइल फोटो

महाकाली नदीमा दुई किशोरी बेपत्ता

काठमाडाैँ ।  बैतडीस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर दुई किशोरी बेपत्ता भएका छन् । नदीमा नुहाउन गएका दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया कविता टमाटा र सोही ठाउँकी १४ वर्षीया संगीता टमाटा बगेर बेपत्ता भएका हुन् ।

क्रबार दिउँसो करिब २ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा उनीहरु बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।

सँगै गएकी अर्की किशोरीले घटनाबारे बताएपछि प्रहरी खोजी कार्यमा लागेको छ । ‘साँझ ७ बजे मात्र जानकारी पायौँ, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीमा जुटेको छ,’ प्रहरी निरीक्षक जोशीले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविले भने- जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन्। मंगलबार सामाजिक …

प्रतिकृया दिनुहॊस