इमर्जिङ्ग नेपालद्वारा ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न

काठमाडौँ । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ७ औँ वार्षिक उत्वसवका अवसरमा काठमाडौँको आकामा होटलमा बिहीबार एक दिने प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल वर्कशप आयोजना गरेको हो ।

कार्यक्रमको अध्यक्षता इर्मजिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी जोशीले गरेको थिए । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा भएको यो कार्यक्रममा उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलिस, विफिन, निफ्रा, खिम्ती–२ हाईड्रोपावरलगायत विभिन्न पूर्वाधार विकासमा लगानी गरेको छ ।

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पूर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए ।

उनले आगामी दिनमा विभिन्न विकासका पूर्वाधारमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तरता दिने, व्यवसायीलाई कन्सल्टिङ्ग सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्था, क्यापिटल मार्केट र प्राइभेट फर्मलगायतको सहभागिता थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस