जेलेन्स्कीको अपील- रुसलाई तुरुन्त आणविक प्लान्ट छोड्न विश्वले आग्रह गर्नुपर्छ

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जापोरिजिया आणविक प्लान्टमा रहेका रुसी सेनालाई तुरुन्तै छाड्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । रसियाले आणविक ब्ल्याकमेल गरेको आरोप लगाउँदै जेलेन्स्कीले त्यहाँबाट रुसी सेना फिर्ता गर्नु युक्रेनको मात्र नभई सम्पूर्ण विश्वको हितमा रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकपछि उनको भनाइ आएको हो । अमेरिका र चीनले संयुक्त राष्ट्रका विज्ञहरूलाई यो आणविक प्लान्टमा जान दिन पनि अपील गरेका छन् । राष्ट्रसंघका लागि युक्रेनका राजदूतले भने- ‘यदि त्यहाँबाट विकिरण चुहावट भयो भने हामी कसैले पनि हावालाई रोक्न सक्नेछैन। तर विश्वले आतंकवादी राष्ट्रलाई रोक्न सक्छ ।’ तर रुसले आणविक प्लान्टको सुरक्षा गरिरहेको स्पष्ट पारेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस