७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज  सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बिहीबार प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस