नेपाललाई चीनले १५ अर्ब रुपैयाँ सहायता दिने

काठमाडाैँ । चीन सरकारले नेपाललाई यस वर्षका लागि विभिन्न क्षेत्रमा लगानी गर्न ८ सय मिलियन आरएमबी (१५ अर्ब १ करोड ९१ लाख रुपैयाँ बराबर) सहायता रकम उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कको ३ दिने चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यीले नेपालका लािग उक्त सहायता रकमको घोषणा गरेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणमा चीनको औपचारिक भ्रमणका क्रममा मन्त्री खड्का र समकक्षी वाङबीच बुधबार चीनको शहर क्विङदाओमा भेटवार्ता भएको थियो । विदेशमन्त्री वाङले नेपालको आग्रहअनुसार ३ मिलियन आरएमबी बराबरको प्रकोप राहत सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै, २ मिलियन आरएमबी बराबरको स्वास्थ्य सामाग्री तथा रसद उपलब्ध गराउने घोषणा गरेको छ। नेपाललाई थप कोभिड–१९ भ्याक्सिन तथा कोभिड(१९ सम्बन्धित स्वास्थ्य सामाग्री नेपालको आवश्यकता बराबर उपब्ध गराउने घोषणासमेत गरेका छन्।

परराष्ट्र मन्त्री खड्काले कोभिड–१९ नियन्त्रणका लागि चिनियाँ पक्षले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको स्वास्थ्य पूर्वाधार तथा सुविधा विकासका लागि सहयोग गर्न अनुरोध गरेका थिए। चीनले सिभिल अस्पतालमा रक्त क्यान्सरको उपचारका लागि सीआरए टी सेल उत्पादन प्रयोगशाला निर्माण गर्न तथा नेपाली स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिन सहयोग गर्ने भएको छ ।

चिनियाँ पक्षले रासायनिक मल समेत उपलब्ध गराउने भएको छ । त्यस्तै, नेपालमै रासायनिक मल उत्पादनका लागि प्लान्ट स्थापनाको सम्भाव्यता अध्ययनमा समेत चीनले सहयोग गर्ने बताएको छ । नेपालको कृषि क्षेत्रको विकास गर्न, नेपाली चिया तथा परम्परागत जडिबुटी निर्यातमा समेत चीनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सीमा क्षेत्रमा महामारी नियन्त्रण गर्न संयुक्त संयन्त्र निर्माण गर्ने, रसुवा–केरुङ र तातोपानी–जाङ्मु नाका व्यापारका लागि दुईतर्फी सञ्चालन गर्ने, हिल्सा–पुलाङ बन्दरगाह एकतर्फी रुपमा सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष सहमत भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस