नेशनल लाईफको एनुअल बिजनेश लिडर्स कन्क्लेभ

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न भएको छ । लुम्बिनीमा चार दिनसम्म सञ्चालन भएको सम्मेलनको मुख्य नारा ‘रिचिङ द पिनाकल २०७९/८०’ रहेको थियो ।

सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गरेका थिए । कार्यक्रममा खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको भन्दै कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन सबैले अधिकतम प्रयास गर्नु पर्ने बताए ।

जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान अवस्थाबारे विवेचनाका साथै आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको खत्रीले बताए ।

कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले केएफए बिजनेश स्कुलका फाउन्डर तथा एक्जुकेटिभ चेयरमेन रेष्टा झा, सोही संस्थाका सीईओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागी कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्किल डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

आव २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगायत बार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस