श्रीलंकामा विद्युत महसुल २६४ प्रतिशतसम्म बढाइयो

एजेन्सी । श्रीलंकामा कम बिजुली खपत गर्ने मानिसहरूका लागि शुल्क २६४ प्रतिशतले वृद्धि गरिने भएको छ । जबकि अधिक खपत गर्ने मानिसहरूको लागि यो दर कम हुने मिडिया रिपोर्टमा बताइएको छ ।

सिलोन विद्युत बोर्ड (सीईबी) ले महसुल नियामकले मंगलबार बिद्युत महसुल बढाउन अनुमति दिएको जनाएको छ । यो वृद्धि ९ वर्षमा पहिलो पटक भएको हो । नयाँ दरहरू अगस्ट १०, २०२२ देखि लागू हुने बताइएको छ ।

सीईबीले ८०० प्रतिशतसम्म महसुल बढाउन सिफारिस गरेको भएपनि नियामकले यसलाई बढाएर २६४ प्रतिशत पुर्याएको छ । विद्युत महसुलका कारण सीईबीले हालसम्म ६१ करोड ६० लाख डलर घाटा बेहोरेको छ । त्यसको क्षतिपूर्तिका लागि यस्तो दर बढाइएको हो ।

आधिकारिक रेकर्ड अनुसार ९० किलोवाटभन्दा कम खपत गर्ने घरपरिवार सबैभन्दा बढी प्रभावित हुने भएका छन् । जबकि ९० किलोवाटभन्दा बढी विद्युत् प्रयोग गर्नेले बिलको ८० प्रतिशत मात्रै तिर्नुपर्नेछ । अहिलेसम्म प्रतियुनिट २ रुपैयाँ ५० पैसा तिर्ने उपभोक्तालाई अब प्रतियुनिट ८ रुपैयाँ लाग्ने भएको छ । अर्कोतर्फ, योभन्दा बढी उपभोग गर्ने उपभोक्ताले प्रतियुनिट ४५ रुपैयाँको सट्टा ७५ रुपैयाँ तिर्नुपर्नेछ ।

सीईबीले थर्मल जेनेरेटरको लागि तेल किन्न असफल भएपछि मुलुकले उच्च मुद्रास्फीति र लामो समयसम्म विद्युत् अवरुद्धको सामना गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस