फाइल फाेटाे

मत बदर हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी बनाइने तयारी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ ।

मङ्गलवार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउँदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका हुन् ।

सरकारी सञ्चार माध्यमसँगको छलफलका क्रममा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सुझाव लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै उनले आयोगमा दर्ता भएका ११६ दललाई आगामी निर्वाचनमा भाग लिनका लागि पुन दर्ता गर्न आह्वान गरेको जानकारी दिए । प्रवक्ता पौडेलले दुई वा दुई वटा भन्दा बढी दलहरू एउटै निर्वाचन चिन्हमा लड्ने हो भने केन्द्रीय समितिको निर्णयका साथ निवेदन दिनुपर्ने बताए ।

उनले आगामी निर्वाचनको तयारी तीव्रताका साथ अघि बढेको धारणा राखे । आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घको निर्वाचन हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस