जनसंख्याको आधारमा उम्मेदवार चयनका लागि कानुनी प्रावधान राखाैँ : अमृता थापा

काठमाडौँ । सांसद अमृता थापाले सङ्घीय संसद्को प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसङ्ख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन् ।

मङ्गलवार यस सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन । ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा) मा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था आवश्यक छ’ उनले भनिन् ।

स्थानीय तहको निर्वाचनमा प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तीमा पचास प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने माग पनि उनको छ ।

यी दुवै माग सम्बोधन गर्न प्रचलित निर्वाचन सम्बन्धी कानुनहरू संशोधन गर्नुपर्ने उनको माग छ । प्रत्यक्षमा पुरुष मात्रै र समानुपातिकमा महिला मात्रै जस्तो हुन गएकाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव ल्याउनु परेको उनको भनाई रहेको छ ।

अन्यथा निर्वाचन प्रणालीबारे गलत मानसिकता बस्न जान सक्ने उनको चिन्ता रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस