राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने संकेत

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् ।

विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतलनिवास पुगिरहेका छन् ।

टोलीहरूसँग भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने संकेत गर्दै इतिहासमा समेत सच्याउन नसकिने काम गर्न नहुने बताउँदै आएकी छिन् । -नेपाल समाचारपत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस