थप ५५३ मा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५,६५९ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ३,७८९ नमूना परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २,०४० र एन्टिजेनबाट १७४९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४५१ र एन्टिजेनबाट १०२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ४३३ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५,६५९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६ हजार ९६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस