गठबन्धनले तालमेलका लागि बनायो कार्यदल, को-को छन् ?

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले तालमेल गरेर जाने सहमति गरेको छ । गठबन्धनले सिट बाँडफाँट लगायत तालमेलको मोडालिटी तय गर्न कार्यदल गठन गरेको छ ।

गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट ३ जना, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबाट २-२ जना रहेका छन् । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन रहेका छन् ।

त्यसैगरी एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस