सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडाैँ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सूचना अधिकारी श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताए ।

नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो तर ती पुरुषमा नयाँ वा पुरानै कस्तो खालको संक्रमण हो भन्ने कुरा खुल्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस