नीमा एकेडेमी ई–लर्निङ एपले ‘मनसुन महाबचत ज्ञान मेला’ गर्ने

काठमाडौं । नीमा एकेडेमी ई–लर्निङ एपले शैक्षिकसत्र–२०७९ को प्रारम्भिक चरणमा तीनदिने ‘मनसुन महाबचत ज्ञान मेला’ गर्ने भएको छ । मनसुन अनलाइन एडुफेस्टको विस्तारित अफरअन्तर्गत डिजिटल सिकाइका अफरहरूसहित उक्त ज्ञान मेला आयोजना गर्न लागिएको हो ।

उक्त ज्ञान मेला डिजिटलमाध्यममा यही साउन २० देखि २२ गतेसम्म चल्ने बताइएको छ । नीमा एकेडेमी ई–लर्निङ प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित कक्षा–१ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्दै छ ।

उक्त ज्ञान मेलामा शिक्षार्थीहरूलाई कक्षा–१ देखि १० सम्मका विज्ञान र गणित विषयका वार्षिक प्याकेज खरिद गर्दा ५० प्रतिशतसम्मको भारी छुटको व्यवस्था गरिनेछ ।

नीमा एकेडेमीका अनलाइन कोर्सका विषयवस्तु तथा पाठ्यक्रम शिक्षण सामग्रीहरू ई–पुस्तक, भिडियो, खेल, हाजिरीजवाफ, असाइनमेन्ट र एनिमेसनमा आधारित छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस