ग्लोबल आईएमई बैंकले सुरु गर्‍याे छात्रवृत्ति कार्यक्रम, कक्षा १२ सम्म निरन्तर प्रदान गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ ।

बैंकको ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहनदार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्रालाई यसै कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

ग्लोबल आईएमई बैंकले २८९ शाखा कार्यालय, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस