श्रीलंकाका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुल्ने

एजेन्सी । श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रवार पनि खुला हुने भएका छन् । शुक्रवार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मङ्गलवार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो ।

अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रवारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्षसहित शुक्रवार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

त्यसै गरी व्यावसायिक प्रतिष्ठान तथा बजार पनि बेलुका चाडै बन्द गर्नु पर्ने व्यवस्था गरिएको थियो । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले आगामी शुक्रवारदेखि नै यो निर्णय कार्यान्वयन हुने जानकारी दिए ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि इन्धन खरिद गर्न नसकेर देशभरि इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस