अमेरिकी सभामुख ताइवान पुगेपछि चीनले बोलायो राजदूतलाई, चुप लागेर नबस्ने चेतावनी

एजेन्सी । न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बन्र्सलाई बोलाएको छ ।

चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए । मंगलबार ताइवान पुगेकी पेलोसीले राष्ट्रपति र संसदसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

‘ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अटल प्रतिबद्धता’ लाई सम्मान गर्न चाहेको सभामुख पेलोसीले बताइन् । एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ शुरु गर्ने वाचा गरेको छ । दशकपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् ।

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डोनल्ड ट्रम्पको घरमा एफबीआईको छापा

बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको …

प्रतिकृया दिनुहॊस