२३ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । करिब २३ घण्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको ४ घण्टा पछि नै अवरुद्ध भएको हो ।

भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो दुबैतर्फ अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एंव प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ ।

अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । अहिले बाटो खुलाउने पहल भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस