सेलपे एनीभर्सरी अफर: २०० रूपैँयादेखि सामसङ ए५२ माेबाइल पाउने सकिने

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले आफ्नाग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुपआफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर ल्याएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा बैंक खाता लिंक गर्दा पहिला ३०० जनाले सेलपेको अकाउन्टमा तुरुन्तै रु. २०० प्राप्त गर्नेछन् । यस्तै उनीहरुले रु २०० को भौचर समेत प्राप्त गर्नेछन् । यो योजना साउन १५गतेको लागि लागु रहने छ ।

यस्तै ग्राहकहरुले १ हजारसम्मको सेलपे कार्टमा २० प्रतिशतसम्म छुट पाउन सक्ने छन् । यस्तै आजको अफरमा सहभागी हुने जोसुकैले सामसङ ए५२ मोबाइल फोन जित्न सक्नेछन् । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनदुवै माध्यमबाट उपयोग गर्न सकिन्छ ।

यसबाहेक सेलपेले बास्तविक समयमाभुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै ध्बििभतबाटपनिकारोबार गर्न सकिने जस्ता सुविधा प्रदान गर्छ । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुलभुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथाब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर,P2P, P2B, B2P, B2Bआदिवास्तविक समयमा गर्न सकिन्छ ।

साथैग्राहकहरुले CllePay Kart सेवामार्फत सजिलै घरमै बसीबसीबिभिन्न सामानहरु खरिद गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुन्छ । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस