नेपाल भारतसँग ८-० ले पराजित

काठमाडाैँ । यू-२० साफ च्याम्पियनसिप अन्तर्गत नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ । भारतको भुवनेश्वरमा जारी यू-२० साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

यसअघि दुई खेलमा अपराजित रहेको नेपाल भारतसँग भने लज्जास्पद हार बेहोरेको छ । पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको नेपालले दोस्रो हाफमा ७ गोल खाएको थियो । यो जितपछि भारत ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

अहिलेसम्म बंगलादेशले ३ खेलमा तिनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेर भारत दोस्रो र ३ खेलमा २ जित र एक हारसहित ६ अंकसहित नेपाल तेस्रो स्थानमा झरेको छ ।

श्रीलंका र माल्दिभ्सको १-१ अंक रहेको छ । नेपालले आफ्नो लिग चरण अन्तिम खेलमा बंगलादेशको सामना २ अगस्तमा गर्ने छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने देश फाइनल खेल्ने छन् । फाइनल खेल अगस्त ५ मा हुने तालिका रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस