युवासंघका केन्द्रीय सदस्यविरुद्ध जुरेलीले दिइन् उजुरी

काठमाडाैँ । ललितपुरको फर्सिडोलमा धान रोप्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् । असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिकमत बोहरा उर्फ हिलारीले आफूलाई दुर्व्यवहार गरेको जुरेलीको आरोप छ ।

उजुरी परेकाे र अनुसन्धान शुरू हुने ललितपुर प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहकाअनुसार आराेपित बाेहरा बझाङका हुन् । यसअघि ललितपुर महानगरपालिका २२ स्थित फर्सिडोलमा हिलो खेतमा जुरेलीमाथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जाहरूमा भाइरल बनेकाे थियाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस