मुक्तिनाथ देवघाट (News)
फाइल फोटो

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका-८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा गए राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर बिष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको छ वर्षीया छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

गाउँमा रहेको इँटाभट्टामा खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिका डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पुर्‍याएका थिए । क्लिनिकमा उपचारका क्रममा राति मृत्यु भएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साइबर ब्युरो भन्छ- गणेशमानको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, अश्लील पोस्टबारे अनुसन्धान हुँदैछ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको …

प्रतिकृया दिनुहॊस