बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

काठमाडाैँ । सिरहामा बोक्सी भन्दै एक महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । प्रहरीले भगवानपुर गाउँपालिका-४ ठाडी टोलकी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला देवी साहलाई पक्राउ गरेको हो ।

उनीहरूले छिमेकी ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएर आरोप छ । यही असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुवै जनाले मलमूत्र खुवाएको सिरहाका प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

दुवै महिलालाई इलाका प्रहरी कार्यालय (लहान) को हिरासतमा राखेर बोक्सी आरोप कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस