टेक्सस : लरीभित्र कम्तीमा ४२ जना मृत फेला

बीबीसी । टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा लरीमा कम्तीमा ४२ जना मृत अवस्थामा फेला परेको बताइएको छ । उनीहरू आप्रवासीहरू भएको ठानिएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ । सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ ।

केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो ।द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका थिए । सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ ।

टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । एबोटले मृत्युलाई “उनको (बाइडन) घातक खुला सीमा नीतिको परिणाम” का रूपमा व्याख्या गरे । मेक्सिकोका विदेशमन्त्रीले आफ्ना एक सरकारी कर्मचारी घटनास्थल तर्फ जाँदै गरेको तर हालसम्म मृत्यु भएकाहरूको कुन देशका हुन भनेर थाहा भने भई नसकेको जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस