रुकुममा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखारहित बैंकिङ सेवा रुकुम जिल्लामा विस्तार गरेको छ । बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका–९ चुनवाङ रुकुम पूर्व शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस