आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘आईएमई बालकिरण जीवन बिमा’ योजना

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईएमई बालकिरण जीवन बिमा योजना ल्याएको छ । बच्चाको जन्मलगत्तै लिन सकिने यो बिमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बिमा रकम फिर्ता हुँदै आउने कम्पनीले जनाएको छ ।

यसरी, प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।

खासगरी, अभिभावक तथा नव अभिभावकहरूका लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बिमा अवधि छनोट गर्न सकिने, दुर्घटना तथा बिरामीको थप जोखिम बहन हुने तथा एउटै बिमामा दोहोरो जीवनको बिमा हुने जानकारी पनि उनले दिए

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस