रामचन्द्र पौडेलको प्रश्न- रामकुमारीलाई धर्धरी रुवाउँदा समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ भन्दै प्रश्न गरेका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले सबैको पालो पुर्‍याउन मन्त्री फेर्ने संस्कृतिले समाजवाद नआउने बताए ।

पौडेललाई कार्यक्रममा उपस्थित नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई लक्षित गर्दै यस्तो धारणा राखेका थिए । ‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनु पर्ने । सबैको पालो पुर्‍याउनु पर्ने पनि कतै हुन्छ ? समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ ? हामी समाजवादको नारा फलाक्ने तर घोर प्रतिक्रियावादी कामहरू गर्ने ? यसरी चल्दैन । नेता, कार्यकर्ता सबैको संस्कार बदल्नु पर्छ तब मात्रै समाजवाद आउँछ’, पौडेलले भने ।

उनले कम्युनिस्ट पार्टीहरूले समाजवादको शब्दजाल बुनेको तर सो अनुसार आचरण नगरेको टिप्पणी गरेका छन् । पौडेलले सबैको भाग पुर्‍याउन समाजवादी पार्टीका मन्त्री फेरेर पालो पुर्‍याइनु गलत भएको बताए । पौडेलले संविधानले दिएका अधिकारहरू कार्यान्वयन गरे मात्रै समाजवादको जग बसाल्न सकिने बताए । संविधानविरुद्ध उभिएर समाजवाद नआउने भन्दै पौडेलले संविधान जोगाउन गठबन्धन बनेको बताए ।

‘संविधानले महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रका जनता सबैलाई अधिकार दिएको छ । यो संविधानलाई पूर्ण कार्यान्वयन गर्न सक्यौ भने समाजवादको जग बसाल्न सक्छौँ । ओलीजीले समाजवादको जग भत्काउन खोज्नु भएको थियो । त्यो दुस्साहस रोकेर संविधान र परिवर्तन बचाउन यो गठबन्धनको आवश्यकता परेको हो’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन् …

प्रतिकृया दिनुहॊस