नेप्सेमा झण्डै २४ अंकको गिरावट

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार परिसूचक नेप्से झण्डै २३.८५ अंकले घटेर १९३३.१३ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकम भने बढेको छ । यस दिन २ अर्ब ४ करोड ४८ लाख ३१ ह्जार ९ सय ४७ रुपैयाँमा ५६ लाख ४१ हजार ५ सय ४० कित्ता कारोबार भएको छ ।

यस दिन १६८ कम्पनीको सेयर मूल्य घटेको छ । २४ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन सीवाईसी लधुवित्त, न्यादी जलविद्युत्, लाइफ इन्स्योरेन्स कर्पोरेसन, बुद्धभूमि नेपाल जलविद्युत्लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

यस दिन जीवन बीमा र लगानी समूहबाहेक अन्य सबै समूहको उपसूचक घटेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस