लिफ्ट मागेका ३ जनाले गाडी नै लुटे, हातखुट्टा बाँधिएको अवस्थामा भेटिए कर्मचारी

काठमाडाैं । कैलालीको बुढीतोलामा एक कर्मचारी बाँधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका-५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी बाँधिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी हिजो महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो । घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ । भण्डारीको टाउको र शरीरमा चोट लागेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

भएको के थियो ?
भण्डारीले प्रहरीलाई बताएअनुसार महेन्द्रनगरदेखि तीनजना भारतीय मूलका नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेका थिए । भण्डारीले आफ्नो प्रदेश ०१-२३-च ६०२१ नम्बरको कारमा लिफ्ट दिए । बुढीतोला क्षेत्रमा पुगेपछि फोटो खिचौँ भनेर कार रोक्न लगाई उनीहरूले भण्डारीमाथि कुटपिट गरे ।

उनीहरूले भण्डारीलाई कुटेर प्लास्टिकले हातखुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिए । भण्डारीले आफ्नो कार पनि उनीहरूले लिएर फरार भएको बताएका छन् । हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लुटिएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस