नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो ।

यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । वर्षा बाधक भएपछि नेपालको एसिया कप क्रिकेटमा छनोट हुने सपनासमेत समाप्त भएको थियो ।

सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो । जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपालले वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य बनेको थियो ।

नेपालले समूह चरणको खेलमा भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस