रामकुमारीको प्रण- तपाईँहरूको आशालाई निराश हुन दिन्नँ

काठमाडाैं । निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको आशालाई निराशामा परिणत हुन नदिने प्रण गरेकी छन् । मन्त्री पदबाट आइतबार रुँदै राजीनामा दिएकी उनले आइतबार बिहान दिउँसो आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छन्, ‘म तपाईँहरूको आशालाई निराश हुन दिने छैन भन्ने संकल्प लिँदै अगाडि बढ्नेछु ।’

उनले आफूसँग सहकार्य गर्ने मन्त्रालयका सचिवदेखि निजी सचिवालयका सहयोगीदेखि परिवारसम्मलाई धन्यवाद दिएकी छन् । ‘खासगरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई सहरी भाषा बोल्न सिकाउनुभयो, उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भनेकी छन् ।

यस्तै उनले नवनियुक्त मन्त्री मेटमणि चौधणीलाई बधाई दिएकी छन् । उनले आइतबार पदबाट राजीनामा दिएकी हुन् । उनको दल एकीकृत समाजवादीले जेठ २२ गते नै उनीलगायतका अन्य ३ मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाएको हो । उनीहरूले आजै बिहान शपथ ग्रहण गरिसकेका छन् भने जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

  • यस्तो छ उनको स्टाटस्

मलाई शहरी विकाश मन्त्रीको जिम्मेवारीमा सिफारिस गर्ने मेरो दल, दलका नेता कमरेड माधव कुमार नेपाल, गर्न सक्ने र केही गर्न खोज्ने मन्त्रीलाई प्रशस्त मौका र विश्वास गर्ने सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा, गठबन्धन दलका नेता कमरेड प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, लगायतका नेताहरू, मन्त्री परिषद्का मेरा सिनियर सहकर्मी मन्त्री दाइ दिदीहरू, मुख्य सचिव, विभिन्न मन्त्रालय, विभिन्न आयोगका सङ्गठनका सचिवहरू, मेरो मन्त्रालयका सचिव, जङ्गी, प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, मेरो मन्त्रालयका सहसचिवहरू, मातहत निकायका पदाधिकारीहरू, मेरो निजी सचिवालय, स्वकीय सचिवालयका सहकर्मीहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । खास गरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई शहरी भाषा बोल्न सिकाउनु भयो उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नो जिम्मेवारीमा कहिल्यै सम्झौता नगर्ने अङ्गरक्षक, व्यक्तिगत सुरक्षा अधिकारी, सहयोगी भाइ बहिनीहरू सबै प्रति हार्दिक धन्यवाद !

मेरा शुभेच्छुक साथीहरू पत्रकार मित्रहरू विकास साझेदार संस्था र प्रतिनिधिहरू, निजी क्षेत्रका मेरा मार्गदर्शकहरू, मेरो पथप्रदर्शक मेरो श्रीमान, मेरो परिवार र मेरो सानो छोरा जसको समय मैले सार्वजनिक जीवनमा लगाएँ… सबैप्रति ऋणी छु । मलाई आलोचना गरेर मौका दिने मेरो पार्टीका विभिन्न जनसङ्गठनका नेता तथा “कार्यकर्ताहरू” प्रति हार्दिक हार्दिक धन्यवाद! सबै दल सम्बद्ध मेरा मित्रहरू तपाईँहरूलाई सधैँ सम्झिन्छु । म प्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिक हरू प्रति हार्दिक धन्यवाद ! म तपाईँहरूको आशालाई निराश हुन दिने छैन भन्ने सङ्कल्प लिँदै अगाडि बढ्नेछु ।

यो बिचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अङ्गहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु । त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन ।

साथै नवनियुक्त मन्त्री जीले मैले नीतिगत रूपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु । साथै माननीय मन्त्री मेटमणि चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस