उपत्यकामा १२ जनामा हैजा देखियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो ।

यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस