बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रति तोला ९७ हजार ७ सय रुपैयाँ कायम गरेको छ ।

आइतबार प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ । चाँदी प्रति तोला १० रुपैयाँले बढेको हो । आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला …

प्रतिकृया दिनुहॊस