गायिका दिलमायाका बुबाले श्रेष्ठविरुद्ध दिए कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी

काठमाडौँ । शंकास्पद रुपमा मृत्त भेटिएकी लोक गायिका दिलमाया सुनारका बुबाले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दिएका छन् ।

छोरी शंकास्पद रुपमा मृत्त भेटिएको खबरपछि सुर्खेतबाट आइतबार साँझ काठमाडौं आइपुगेका गायिका दिलमायाका बुबा केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् । गायिका दिलमाया शनिबार राति आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सो रात सँग रहेका श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ १५ महिनादेखि दिलमायासँग अवैध सम्बन्धमा रहेको खुलेको छ । उनका ४ छोराछोरी र श्रीमती गाउँमा छन् । दिलमायाका एक छोरा छन् । श्रीमानसँग सम्बन्धविच्छेदपछि सुनार श्रेष्ठसँग नजिकिएकी थिइन् ।

राति सँगै रक्सी आएर सुतेका बेला दिलमायाले झुण्डिएर आत्महत्या गरेको श्रेष्ठले बताए । उनले आफू व्यूझिँदा मात्र उनी झुण्डिरहेको अवस्थामा देखेको बयान दिएका छन् । तर उनका गतिविधि शंकास्पद पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

श्रेष्ठले दिलमाया झुण्डिएको भनिएको सल महाराजगञ्जस्थित झाडीमा फेला परेको छ । उक्त सल पनि श्रेष्ठले नै प्रहरीले देखाइ दिएका हुन् । मोबाइल भने अझै भेटिएको छैन । शिक्षण अस्पताल महाराजगञ्जबाट दिलमायाको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । पेष्टमार्टमसँगै दिलमायाको आत्महत्या वा हत्या भन्ने प्रष्ट हुने उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस