सूर्या लाइफ र ज्योति लाइफ मर्ज हुने, सम्झौतामा हस्ताक्षर

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच दुवै संस्था आपसमा गाभिने (मर्जर हुने) सम्झौता पत्रमा हताक्षर भएको छ । एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गगरेका छन् ।

होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्रसहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डीडीएलगायत मर्जर सम्बन्धी अन्य कार्यहरु दु्रत गतिमा अगाडि बढाइने दुबै कम्पनीले जनाएका छन् ।

नियमनकारी निकाय बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सीमाभित्रै चुक्ता पुँजी बृद्धी गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भए पश्चात कम्पनीका शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाइ लाभ हुने विश्वास दुवै कम्पनीले लिएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस