काठमाडौं उपत्यकाका नौ स्थानमा देखियो हैजा

काठमाडौं । कोरोना महामारीपछि हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेत देखिएको छ । केही समयअघि न्यून संख्यामा देखिएको हैजा अहिले काठमाडौं उपत्यकाभित्र ९ जनामा हैजा देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोट, नैकाप, पाटनलगायत स्थानमा ९ जनामा हैजा देखिएको हो । ललितपुर महानगरपालिकामा हैजा भेटिएपछि आइतबारदेखि सडकमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरा बिक्री गर्न रोक लगाएको छ ।

जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नाले हैजा कोरोनाजस्तै महामारीकै रुपमा फैलनसक्ने अवस्था पनि देखिएको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस