युक्रेनी सहर सेभेरोदोनेत्स्क अब पूर्णरुपमा रुसी सेनाको कब्जामा

एजेन्सी । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो ।

‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए । उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ ।

‘यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् । यो भावनात्मक र शारीरिक रूपमा कठिन छ ’, उनले भने ।

रुसी र रुस समर्थक सैनिकहरूले एजोट प्लान्ट कब्जा गरेर त्यहाँ शरण लिइरहेका ८ सय सर्वसाधारणलाई खाली गरेका मस्कोलाई समर्थन गर्ने पृथकतावादीहरूले दावी गरेका छन् ।

एक टेलिग्राम सन्देशमा पृथकतावादी अधिकारी आन्द्रेई मारोच्कोले रुसी सेनाले अजोट प्लान्टलाई पूर्ण नियन्त्रण लिएको दाबी गरेका छन् ।युक्रेनले अब छिमेकी सहर लिसिचान्स्कलाई राम्रोसँग रक्षा गर्ने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस