४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता जारी

काठमाडौँ ।  ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता सुरु भएको छ । नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।

पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते । शुक्रबार नै हाइजम्प लगायतका खेलहरू पनि भएका थिए । प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ विधामा सात प्रदेश र तीन विभागीय टोलीका २४० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । तीन दिने प्रतियोगितामा कुल ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर, हाइजप, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन, सटपुट, डिसकस, ४ बाई १ सय मिटर रिले, ४ बाई ४ सय मिटर रिले र ११० हडल्स महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुने एथलेटिक्स अध्यक्ष राजिव विक्रम शाहले जानकारी दिए । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, एथलेटिक्सका अध्यक्ष तथा पूर्व सांसद राजिव विक्रम शाह एवम् कार्य समिति पदाधिकारी र सदस्यहरूको उपस्थितिमा भएको थियो ।

एथलेटिक्स प्रतियोगितामा कार्यक्रमको स्रोत आफै सङ्गठनकै बजेटबाट गरेको एथलेटिक्सका सचिव आरके विष्टले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री गहतराजले एथलेटिक्स खेललाई अझ सक्रिय बनाउन आफ्नो साथ सहयोग रहने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस