‘दश भाइ’लाई नशाबाट बाहिर आउन अध्यक्ष नेपालको आग्रह

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दश भाइ’लाई नसाबाट बाहिर आउन सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकलाई संबोधन गर्दै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न पनि आग्रह गरे । ‘कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु, अझै पनि दिमागबाट उनीहरूको नशा उत्रिएको छैन । तथानाम लेखिरहेका छन् । दासजस्तो भएर बसिरहेका छन्,’ अध्यक्ष नेपालले भने, ‘उनीहरूमा कुनै मूल्यमान्यता छैन । पदीय गरिमा पाएका छैनन् । तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।’

६ सांसदले गरे हस्ताक्षर फिर्ता
लिखित निवेदन दिएका चार मन्त्रीसहित १० सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता गरेका छन् । उनीहरुले पार्टीका अध्यक्ष माधवकुमार नेपाल समक्ष संसदीय दलको बैठक माग गर्दै लिखित निवेदन दिएका थिए ।

सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम,वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कणर् कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर गरेको हुन् ।

एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेकाअनुसार अन्य बाँकीलाई हस्ताक्षर फिर्ता गराउने तयारी भइरहेको छ । संसदीय समितिको बैठक माग गर्दै, प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कणर् कायस्थ, धनबहादुर बुढा, निरा जैरु, कृष्णबहादुर श्रेष्ठ, कृष्णलाल महर्जनले लिखित निवेदन अध्यक्ष नेपाल समक्ष दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस