पाँच दशकपछि अमेरिकी सर्वोच्च अदालतले उल्टायो गर्भपतनसम्बन्धी फैसला

बीबीसी । अमेरिकी सर्वोच्च अदालतले कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने पाँच दशक पुरानो निर्णयलाई उल्ट्याएको छ । सर्वोच्चको फैसलापछि महिलाका लागि गर्भपतनको अधिकार वैध हुने वा नदिने भन्ने सम्बन्धमा राज्यले आफ्नो छुट्टै नियम बनाउन सक्ने बताइएको छ ।

अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसलालाई उल्ट्याएको हो । यसमा संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको थियो । केही साताअघि मुद्दाको फैसलासँग सम्बन्धित कागजपत्र बाहिरिएपछि अदालतले यसको पक्षमा फैसला गर्ने चर्चा सुरु भएको थियो ।

विज्ञहरूका अनुसार अदालतको यो निर्णयले अमेरिकामा गर्भपतनको अधिकारलाई परिवर्तन गर्नेछ किनभने यसपछि अब हरेक राज्यले यस सम्बन्धमा आफ्नै नियम बनाउन सक्नेछन् । अमेरिकाका आधाभन्दा बढी राज्यले गर्भपतनसम्बन्धी नयाँ प्रतिबन्ध लागू गर्न सक्ने बताइएको छ ।

अमेरिकाका १३ राज्यले गर्भपतनलाई गैरकानुनी बनाउने कानुन पारित गरिसकेका छन् । सर्वोच्च अदालतको फैसलापछि यी कानुन लागू हुनेछन् । केही थप राज्यले पनि चाँडै यससम्बन्धी प्रतिबन्ध लागू गर्न सक्ने बताइएको छ । धेरै राज्यले गर्भपतनसम्बन्धी महिला अधिकार दिने नियम लागू गर्न सक्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस