मन्त्री हेरफेरबारे एकीकृत समाजवादीका १० सांसदको असन्तुष्टि (पत्रसहित)

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का १० जना सांसदहरूले मन्त्री फिर्ताकाे निर्णय नमान्ने भएका छन् । पहिलेका मन्त्रीहरू फिर्ता बाेलाएर पुन: पठाइएका मन्त्रीहरूकाे छनाेटमा असन्तुलन भएकाे भन्दै उनीहरूले पार्टीकाे निर्णयप्रति असहमति जनाएका हुन् ।

सांसद कृष्णलाल महर्जनले भनेका छन्, ‘६ महिनापछि मन्त्री फेर्ने भनिएकै हाे । हामीले पनि फेर्ने नै भनेकाे हाैँ । तर पछि पठाइएका मन्त्रीहरूकाे छनाेटमा कुनै सन्तुलन छैन । यसप्रति हाम्राे असहमति हाे । काेही सांसद नै नरहँदा पनि मन्त्री भएका छन् । एकै जिल्लाका २ जनालाई मन्त्रीमा सिफारिस गरिएका छन् । मन्त्रीमा सिफारिस गरिएका काेही साथीहरू मन्त्री नबनेकाहरूभन्दा जुनियर छन् । यी सबै कुराहरू मिल्नुपर्छ भन्ने हाम्राे माग हाे । मन्त्री फेर्नुहुँदैन भनेका छैनाैँ हामीले । यसलाई नेतृत्वले बुझ्नुपर्छ ।’

१० सांसदहरूले अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपाललाई संसदीय दलका बैठक बाेलाउनसमेत माग गरेका छन् । माग गर्नेहरूमा मन्त्रीहरू विराेध खतिवडा, रामकुमार झाँक्री, कृष्णकुमार श्रेष्ठ, प्रेम आलेसँगै सांसदहरू कृष्णलाल महर्जन, बिनादेवी बुढाथाेकी, गाेपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ, धनकुमार बुढा र निरादेवी जैरू छन् । उनीहरूले संसदीय दलकाे बैठकसँगै ८ बुँदामा अन्य मागहरू राखेका छन् ।

उनीहरूले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई ‘अपराधी’को जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टिसमेत पोखेका छन् । ‘पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछाैँ भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन ।’ असहमतिपत्रमा भनिएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस