असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौँ । सेञ्चुरी कमर्शियल बैंकले काठमाडौंको असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं–२५ असन बजारमा बिहीवारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको हो ।

बैंक सञ्चालक समितिका सदस्य प्रा.डा. गीता प्रधान र काठमाडौं–२५का वडाध्यक्ष राजेश डंगोलले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, बैंक उच्च व्यवस्थापन समूह लगायत स्थानीयको उपस्थिति थियो ।

उक्त शाखा सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको बैंकको भनाइ छ । बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ सेवा र ११५ एटीएममार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस