नेपालको बाटो बर्षाले रोक्यो, युएई एशिया कपका लागि छनौट

काठमाडौँ । वर्षाका कारण नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिँदा नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो ।

नेपालले टस जितेर बलिङ रोजेपछि युएईले ८२ रनको लक्ष्य दिएको थियो । तर, पहिलो इनिङ्स सकिएलगत्तै भारी वर्षा भएको थियो । आजको खेलमा विजय भएको भए नेपाल एसिया कपमा छनोट हुने थियो ।

प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार मानिएको थियो । यसअघि नेपालले खेलेका ४ मध्ये ३ खेलमा जित हासिल गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस