गृहमन्त्री खाँणले गरे हजयात्रीलाई बिदाइ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिना जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् ।

यो वर्ष हजका लागि नेपाललाई छुट्ट्याइएको ५५५ जनाको कोटामध्ये शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका छन् । उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितको उपस्थिति थियो ।

असार ६ गतेदेखि एयर अरेबियाको हवाइजहाजबाट दैनिक एक टोली हज गर्न गइरहेको थियो । साउदीको जेब्दास्थित महावाणिज्यदूतावासबाट १० जनाको स्वयंसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिकेट्स र ३ जना मेडिकल सपोर्ट टिम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कने छ ।

मुस्लिम समुदायको पवित्र तीर्थस्थानको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौं मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस