पेट्रोलियममा प्रति लिटर २६.६२ रुपैयाँ कर कटौती गर्न शेखर कोइरालाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न कर नलिने निर्णय गर्न उनले सुझाएका हुन् ।

यस्तो व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटासम्म कायम राख्नुपर्ने उनको भनाइ छ । उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् ।

कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस