मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबिच सम्झौता

काठमाडाैँ । मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबिच सम्झौता भएको छ । मंगलबार विश्वविद्यालय, उपकुलपति कार्यालयमा विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबिच सहकार्य गर्ने सम्झौता भएको हो ।

कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिँदै दुवै संस्थाबिचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ विश्वविद्यालय र बैंकबिच सम्झौता भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहको सम–उपस्थितिमा विश्वविद्यालयको तर्फबाट रजिस्ट्रार प्राडा. नारायणप्रसाद पौडेल र नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विभिन्न १३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्थाबिचको आपसी सम्बन्धलाई वित्तीय कारोबारहरू मार्फत विस्तार गर्दै दुवै संस्थाहरूलाई वित्तीय हित हुने गरी थप आयामहरू विस्तार गरिने कुरा उल्लेख गरेको छ ।

जसमार्फत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थी सम्पूर्णले बैंकद्वारा प्रदान गरिने सेवा सुविधा सहज र सुलभ तवरले प्राप्त हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख आश्विनकुमार पुडासैनी, उपकुलपति सचिवालयका सदस्यहरू, विश्वविद्यालयका कर्मचारी तथा नेपाल बैंक लिमिटेडका कर्मचारी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस