निरुले एकैसाथ ल्याइन् दुई कृति र गीत

काठमाडौँ । निरु न्यौपानेको एकैसाथ दुई कृति र गीत बजारमा ल्याएकी छिन् । सोमबार काठमाडौंको लेखनकुञ्जमा आयोजित एक कार्यक्रमबीच निरूका उपन्यास ‘अर्को अध्याय’ र गजल संग्रह ‘सिरानीको तस्बिर’ तथा ‘हिसाब किताब’ गीत सार्वजनिक भएकाे हाे ।

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देललगायत उपस्थित थिए । कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपाने एउटा राम्रो कलमका रुपमा चिनेको बताए । ‘उपन्यासमा नेपालदेखि विदेशीएको अनुभव छ । लेखक आफै पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएका छौँ हामीले,’ उनले भने ।

समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव सम्वेदनाको कृति भएको बताइन् । उनले भनिन्, ‘उपन्यासमा माया, विश्वास, सम्बन्ध मुख्य छ। एकपटक पढ्न बसेपछि उठ्न मन लाग्दैन ।’

उपन्यासमा महिला सम्वेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको उनले बताइन् । समालोचक अधिकारीले ‘अर्को अध्याय’ आधुनिक नेपाली उपन्यास भएको पनि बताइन् । उपन्यास नेपाली महिलाको यथार्थ भएको साहित्यकार तथा समीक्षक रेणुका सोलुले बताइन् ।

यसैगरी ‘सिरानीको तस्बिर’ गजल धेरै राम्रो गजल भएको वरिष्ठ गजलकार ललिजन रावलले बताए । ‘उपन्यास लेख्नु जोखिम कुरा हो, लेखकले राम्रो काम गरेकी छन्,’ उनले भने, ‘गजल पढेँ, यसमा विषयक विविधता धेरै छ। एउटा गजलकारको लागि राम्रो कुरा हो ।’

यस्तै, प्रा.डा. सबित्री कक्षपतीले गीत राम्रो बनेको बताइन्। ‘लेखन उत्पादन हो, उत्पादन निर्माण हो । यसरी नै गीत, भिडियो निर्माण हुन्छ । भिडियो राम्रो छ,’ उनले भनिन् । उनले नयाँ लेखकलाई प्रोत्साहन गर्नुपर्ने पनि बताइन् । ‘गजल, उपन्यास, कविता लेख्नु पर्छ । लेख्न खोज्नेलाई रोक्नु हुन्न, प्रोत्साहन गर्नुपर्छ, लेखकको अझ कलम चलोस्,’ उनले भनिन् ।

कार्यक्रममा सर्जक निरू न्यौपानेले आफूलाई किताब लेख्न समर्थन तथा प्रोत्साहन गर्ने सबैलाई धन्यवाद दिंइन् । उनले आफू सानैबाट लेख्ने भए पनि अरूलाई नसुनाउने र नदेखाउने व्यक्त गरिन् । कार्यक्रममा पेशल ढकालको ‘हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । गीतको लेखन निरु न्यौपानेले गरेकी हुन् भने राज सिग्देलले गाएका हुन् । राज सिग्देलले नै निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र जीवन भट्टराई फिचर्ड छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस